मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ मङ्सिर ४ शनिबार ०९:१६:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

भिलियर्सले सबै खाले क्रिकेटबाट सन्यास लिए

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर ४ शनिबार ०९:१६:००

विश्व क्रिकेटका आक्रामक ब्याट्सम्यानका रूपमा चिनिने दक्षिण अफ्रिकाका एबी डी भिलियर्सले शुक्रबार सबै खाले फर्म्याटबाट सन्न्यास घोषणा गरेका छन् । यो घोषणासँगै भिलियसले सबै अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइज लिगबाट पनि बिदा भएको जनाएका छन् । सन् २०१८ मा भिलियर्सले राष्ट्रिय टोलीबाट सन्न्यास लिएका थिए । त्यसयता उनी इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल्स च्यालेन्जर्स बेंग्लोरबाट टी–२० लिग खेल्दै आइरहेका थिए । 

सन्न्यासको घोषणा गर्दै भिलियर्सले क्रिकेटमा बिताएको सबै क्षण अभूतपूर्व रहेको जनाएका छन् । ‘मेरो क्रिकेट यात्रा निकै रोमाञ्चक र अभूतपूर्व रह्यो, मैले आजबाट सबै किसिमका क्रिकेटबाट सन्न्यासको घोषणा गरेको छु,’ उनले शुक्रबार सामाजिक सञ्जालबाट जानकारी दिए, मैदानभित्र र बाहिर रहेका सबै व्यक्तित्व मेरा दाजुभाइ तथा साथीहरू हुन्, जोसँग मैले वर्षौँ सँगै बिताएँ ।’ 

सन् २०२१ को आइपिएल नै उनको अन्तिम खेल तथा सिरिजका रूपमा रह्यो । दुई महिनाअघि सम्पन्न इपिएलमा उनले बेंग्लोरबाट सहभागी हुँदै १५ खेलमा तीन सय १३ रन जोडेका थिए । भिलियर्सले विश्वभरि खेलिने चर्चित टी–२० फ्रेन्चाइज लिगमा सहभागिता जनाएका छन् ।