१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ३० मंगलबार
  • Saturday, 28 September, 2024
२o७८ कार्तिक ३० मंगलबार ११:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुई सय २५ विद्यार्थीका लागि तीनवटा कोठा, चिसो भुइँमा बसेर पढ्न बाध्य छन् विद्यार्थी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक ३० मंगलबार ११:२८:oo

रौतहटको  कटहरिया नगरपालिकास्थित मन्दिर प्राथमिक विद्यालयका विद्यार्थी डेस्क र बेन्चको अभावमा चिसो भुइँमा बसेर पढन बाध्य छन् ।  तीनकोठे भवन रहेको सो विद्यालयमा कक्षाकोठाकाे अभाव भएपछि  विद्यालयको अफिस रुम र कक्षाकोठासमेत एउटै कोठामा रहेको छ । दुई सय २५ जना विद्यार्थी रहेको सो विद्यालयमा आउने विद्यार्थी विद्यालयबाहिर त्रिपाल बिच्छ्याएर पढ्न बाध्य छन् । 

नगरपालिकाको कार्यालयसँगै टाँसिएको सो विद्यालयको दयनीय अवस्थाबारे कसैले चासो नदिएको विद्यालयका प्रधानाध्यापक शंकर साहले गुनासो गरे । बजारको बीचमा विद्यालय भए पनि अधिकांश गरिब, दलित तथा विपन्न बालबालिका पढ्न आउने गरेका कारण सो विद्यालयको अवस्थाका विषयमा कसैले चासो नदिएको प्रधानाध्यापक साहको गुनासो छ।
 

हिउँदका वेला त्रिपाल बिच्छ्याएर घाममा पढ्न त ठीकै हो, तर वर्षाको समयमा एउटा कक्षाकोठामा तीनवटा कक्षाका विद्यार्थी राखेर पढाउनुपर्ने बाध्यता रहेको विद्यालयका शिक्षक शिक्षिकाको भनाइ छ । 

कक्षाकोठा अभावका विषयमा कटहरिया नगरपालिकाको शिक्षा शाखामा पटकपटक गुनासो राख्दासमेत सुनुवाइ नभएको प्रधानाध्यापक साहले बताए । तीनजना निजी स्रोत, एकजना स्थायी, दुईजना बाल विकासका शिक्षकशिक्षिका रहेको सो विद्यालयको भौतिक संरचना भने अत्यन्त दयनीय छ ।