नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार दुई हजार ६ सय अंकभन्दा माथि उक्लिएको छ। आजको कारोबारपछि परिसूचक ०.४८ प्रतिशत अर्थात् १२.५८ अंकले बढेर दुई हजार ६ सय १.२१ अंकमा पुगेको हो।
आज विभिन्न तीन सय २५ कम्पनीका एक करोड २९ लाख ८२ हजार ६१९ कित्ता सेयर ७२ हजार ५४० पटक खरिद बिक्री हुँदा रु. ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार ६२४ मा कारोबार भए। आजको कारोबारपछि बजार पुँजीकरण रु. १४ खर्ब ३९ अर्ब ९८ करोड ९६ लाख ४७ हजार नौ सय ३२ पुगेको छ।
आज बोटलर्स नेपाल (बालाजु) लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। साथै, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ९.०९, साम्लिङ पावर कम्पनीको सेयर मूल्य ७.४६, नेपाल रिपब्लिक मिडिया लिमिटेडको सेयर मूल्य ७.३७ प्रतिशतले बढेको छ।
साथै, सुपर मादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। त्यसैगरी, एनआइसी एसिया सेलेक्ट फन्ड ३० को सेयर मूल्य ६.९३ प्रतिशत, रिभर फल्स पावर लिमिटेडको ६.४५ प्रतिशतले घटेको छ। रासस