बैतडीको पुरचौडी नगरपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि डिलेश्वरी नमुना मावि हाटले जितेको छ। १२ स्वर्ण, ४ रजत र ५ कांस्य गरी २१ पदकसहित डिलेश्वरीले उपाधि हात पारेको हो।
यस्तै, ७ स्वर्ण, ७ रजत र ४ कांस्य गरी कुल १८ पदकसहित महादेव मावि द्वितीय स्थानमा रह्यो। २ स्वर्ण, ४ रजत र ४ कांस्य गरी कुल १० पदकसहित भूमिराज मावि तृतीय भएको शिक्षा तथा खेलकुद शाखा प्रमुख सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए।
यही २ माघदेखि त्रिवेणीधामको कमल विशाल पार्कमा सञ्चालन भएको प्रतियोगिता आइतबार सम्पन्न भएको हो। प्रतियोगितामा नगरपालिकाभित्रका १९ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको नगरप्रमुख दीपक बमले जानकारी दिए।