मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २६ शुक्रबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक २६ शुक्रबार १७:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निर्वाचन अधिकृतले राजीनामा दिएपछि सर्लाही कांग्रेसको अधिवेशन अन्योलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक २६ शुक्रबार १७:२७:oo

निर्वाचन अधिकृतले राजीनामा दिएपछि नेपाली कांग्रेस सर्लाही जिल्लाको अधिवेशनमा अन्योलता देखिएको छ। निर्वाचन अधिकृत तोकिएका विनोद कार्कीले राजीनामा दिएपछि जिल्लाको अधिवेशन अन्योलपूर्ण बनेको हो। 
कांग्रेस केन्द्रीय निर्वाचन समितिले अधिवेशनका लागि उनलाई जिल्ला निर्वाचन अधिकृतको रूपमा खटाएको थियो। उनले अधिवेशन गराउने वातावरण नभएको भन्दै शुक्रबार राजीनामा दिएका हुन्।

‘जिल्लामा सबै पक्षसँग छलफल गरेर निर्वाचन प्रक्रियाअगाडि बढाउन खोजेकोमा सहमति नजुटी निर्वाचनको वातावरण नभएकाले पदबाट राजीनामा दिएको छु।’उनले राजीनामापत्रमा भनेका छन्। सर्लाहीमा शनिबार वडा अधिवेशनको मिति तय गरिएको छ।