मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ कार्तिक २६ शुक्रबार १७:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सामाजिक सञ्जालमा गाली गरेको भन्दै वडाले प्रदान गर्ने सम्पूर्ण सेवामा रोक !

Read Time : < 1 मिनेट
२०७८ कार्तिक २६ शुक्रबार १७:१५:००

सल्यानको बागचौर नगरपालिका– ४ का वडाध्यक्ष प्रेमबहादुर पुनले सामाजिक सञ्जालमा आफ्नो चरित्र हत्या गरेको भन्दै एक स्थानीयलाई वडा कार्यालयबाट कुनै सेवा नदिने विज्ञप्तिमार्फत चेतावनी दिएका छन्। सामाजिक सञ्जालमा स्थानीय दिल बहादुर केसीले आफूलाई ‘छोटेराजा’ भन्दै चरित्रहत्या गरेको भन्दै गल्ती नसच्याएसम्म वडाबाट प्रवाहित हुने सेवाबाट रोक लगाएको भन्दै वडाध्यक्ष पुनले विज्ञप्तिमार्फत जनाएका छन्। 

केसीले सामाजिक सञ्जालमा वडाध्यक्षमाथि विभिन्न टीकाटिप्पणी लेख्ने गरेको भन्दै चेतावनीस्वरूप यस्तो गरेको वडाध्यक्ष पुनको भनाइ छ। सामाजिक सञ्जालमा गरेका टिप्पणी अमर्यादित भएको भन्दै बिहीबार वडाध्यक्ष पुनले प्रेस विज्ञप्तिमार्फत केसीलाई वडाबाट दिइने सम्पूर्ण सेवाबाट वन्चित गरिएको बताएका छन्। केसीले सामाजिक सञ्जालमा लेखिएका अभिव्यक्तहरू सच्याउनुपर्ने वडाध्यक्षको माग छ।

केसीले भने वडाले आफूलाई सेवावाट प्रतिबन्ध लगाउने कुरा न्यायोचित मान्न नसकिने प्रतिक्रिया दिएका छन्। ‘मैले गल्ती गरेको भए मुद्दा हालेर कारबाही गरे हुन्छ,’ उनले भने, ‘मलाई वडाको सेवाबाटै प्रतिबन्ध लगाउन खोज्नु साँघुरो सोच हो।’