जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन अर्को वर्ष इजिप्टमा हुने भएको छ। ग्लास्गोमा भएको कोप- २६ ले नै कोप- २७ इजिप्टमा सन् २०२२ मा गर्ने गरी जिम्मेवारी सुम्पिएको समाचारमा जनाइएको छ। त्यसैगरी कोप– २८ भने सन् २०२३ मा संयुक्त अरब इमिरेट्समा गर्ने निर्णय पनि भएको सम्मेलनका आयोजकहरूले जानकारी दिएका छन्।
कोप– २६ मा सहभागी देशहरूले सन् २०३० सम्म मिथेन उत्सर्जन ३० प्रतिशतले कम गर्ने प्रतिबद्धता जनाएका थिए। प्रतिबद्धतामा ८० भन्दा बढी देशहरूले दशकको अन्तसम्ममा मिथेन उत्सर्जन ३० प्रतिशतले कम गर्ने अमेरिका र युरोपेली संघको प्रतिज्ञामा हस्ताक्षर गरेका हुन्।
त्यसैगरी अमेरिका र चीनले पनि कार्बन उत्सर्जन न्यूनीकरणका लागि विशेष सहमति गरेका छन्।