१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २२ सोमबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक २२ सोमबार ११:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

६ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक २२ सोमबार ११:२२:oo

नेपाल राष्ट्र बैंकले ६ अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। बैंकले ९१ दिन अवधिको १० करोड रुपैयाँ र एक सय ८२ दिन अवधिको ६ अर्ब रुपैयाँ गरी कुल ६ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल आज बोलकबोल गर्न लागेको हो।

राष्ट्र बैंकका अनुसार ९१ दिने ट्रेजरी आगामी माघ २५ गते परिपक्व हुनेछ भने एक सय ८३ दिने ट्रेजरी २०७९ वैशाख २७ मा परिपक्व हुनेछ। यसअघि यही कात्तिक १५ मा बैंकले एक अर्ब ६६ करोड रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत आज दिउँसो २ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ। बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक कबोल गर्नेलाई राष्ट्र बैंकले मंगलबार ट्रेजरी बिल जारी गर्नेछ। राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत प्रत्येक हप्ता यस्ता ऋणपत्र बिक्री गर्दछ। रासस

ad
ad
ad
ad