सर्वोच्च अदालतमा आजका लागि ६ इजलासमा सात मुद्दाको पेसी तोकिएको छ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दुई एकल इजलास र चार संयुक्त इजलास तोकेका हुन्। पेसी तोकिएका सबै मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित रहेको सर्वोच्च अदालतले जनाएको छ।
प्रधानन्यायाधीश जबराले आजका लागि आफ्नोसमेत इजलास तोकेका छन्।