काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाइएको छ । दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएको दाजुभाइ जम्मा भएर टीका लगाउनका लागि भाइटीकाको अवसर पारेर शनिबार बिहानैदेखि सो मन्दिर खुला गरिएको थियो । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ने गर्दछ । २०३५ सालपछि नियमित रूपमा रानीपोखरीभित्रको सो मन्दिर खुल्न थालेको हो । २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पले ध्वस्त बनाएको सो मन्दिर गत वर्ष मात्रै पुनर्निर्माण गरिएको थियो।
तस्बिरहरू : सञ्जित परियार