मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १७ बुधबार
  • Monday, 16 December, 2024
२o७८ कार्तिक १७ बुधबार १७:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीश प्रकरणमा राजनीतिक सक्रियता आवश्यक : प्रगतिशील कानुन व्यवसायी संगठन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक १७ बुधबार १७:११:oo

प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन (पिपिएलए) ले प्रधानन्यायाधीश प्रकरणमा राजनीतिक सक्रियताको आवश्यकता औँल्याएको छ। संगठनले बुधबार एक विज्ञप्ति जारी गर्दै न्यायालयको पछिल्लो अवस्थाबारे आफ्नो धारणा राखेको हो।  

संगठनले सर्वोच्च अदालतमा देखिएको समस्यामा आफ्नो ध्यानाकर्षण भएको भन्दै तत्काल समाधानको लागि आग्रह गरेको छ। संगठनले समस्याको निकास समयमै नखोजे अपूरणीय क्षतिको खतरा पुग्न सक्नेतर्फ सचेत गराएको छ।

‘न्यायपालिकाको तटस्थता र स्वतन्त्रताबाट सबैले समान संरक्षण प्राप्त गर्ने हकबाट कोही वञ्चित हुनुहुँदैन। यस्ता विषयबाट कसैले गलत फाइदा उठाउन पनि हुँदैन। यस्ता गलत विषय भए गरेको अवस्थामा संविधानको दायराभित्र छानबिन हुन सक्दछन्‌। त्यस प्रक्रियामा राजनीतिक तह वा संसद् आवश्यकतानुसार जिम्मेवार एवं क्रियाशील हनुपर्दछ,’ विज्ञप्तिमा भनिएको छ।