मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १ सोमबार
  • Monday, 16 December, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडौं
२o८१ पौष १ सोमबार १२:o७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सुदूरपश्चिमसँग हारेपनि कर्णाली प्लेअफमा : काठमाडौं बाहिरियो, पहिलो प्लेअफमा सुदूरपश्चिमले जनकपुरसँग खेल्ने 

आजको खेलसँगै लिग चरणका सबै खेल सकिए

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष १ सोमबार १२:o७:oo

सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएपछि कर्णाली याक्स नेपाल सुपर लिग (एनपिएल) को प्लेअफमा स्थान बनाएको छ । सोमबार भएको खेलमा कर्णालीले पहिला ब्याटिङ गर्दै अल आउट भएर १०२ रनको लक्ष्य दिएकाे थियो।

प्रत्युत्तरमा सुदूरपश्चिमले १५.२ ओभरमा ४ विकेट गुमाउँदै जित निकाल्यो । सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्र सिंह ऐरीले ३८ रन बनाए । इशान पाण्डे ३८ रनमा अविजित रहे ।

यसअघि कर्णालीको लागि जिसन मक्सूदले सर्वाधिक ३० रन बनाए । विलियम बोसिस्टोले १६ रन जोडेका हुन् । सुदूरपश्चिमको लागि हर्मित सिंहले सर्वाधिक तीन विकेट हात पारे ।

आजको खेलसँगै लिग चरणका खेल सकिएका छन् । प्लेअफमा सुदूरपश्चिम र जनकपुर तथा चितवन र कर्णाली प्रवेश गरेका छन् । काठमाडौं भने यो खेलसँगै बाहिरिएको छ । यसअघि विराटनगर, पोखरा र लुम्बिनी बाहिरिएका छन् ।

अब क्वालिफायर्समा सुदूरपश्चिम र जनकपुर भिड्नेछन् । यस खेलमा पराजित टोली इमिमिनेटरमा अर्को अवसर पाउनेछ । दोस्रो प्लेअफमा कर्णाली र चितनव खेल्नेछन् । यस खेल जित्ने टोलीले प्लेअफमा परातिज हुने टोलीसँग खेल्नेछ ।