मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १ सोमबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष १ सोमबार ११:१६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बिवाइडी एम ६ को बुकिङ खुला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष १ सोमबार ११:१६:oo

बहुप्रतीक्षित बिवाइडी एम ६ को बुकिङ खुला गरेको छ । विद्युतीय सवारी निर्माता बिवाइडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले एम ६ को बुकिङ खुला गराएको हो । कम्पनीले नेपालकै पहिलो प्रिमियम ७ सिटर इलेक्ट्रिक एमपिभी गाडी पारिवारिक र व्यापारिक दुवै प्रयोजनका लागि उपयुक्त हुने बताएको छ ।

कम्फर्ट, पर्फमेन्स र सस्टेनेबिलिटी प्रदान गर्ने तरिकाले डिजाइन गरिएको बिवाइडी एम ६ को प्रारम्भिक मूल्य भने ६० लाख १५ हजार रुपैयाँ तोकिएको छ । हाल गाडी बुकिङ गर्ने ग्राहकलाई सीमित समयका लागि डेढ लाख रुपैयाँ नगद छुटसमेत उपलब्ध हुने कम्पनीको भनाइ छ । यो अफर पुस ९ गतेसम्म उपलब्ध हुने बताइएको छ । 

गाडीमा सातवटा प्रिमियम सिट, प्यानोरामिक ग्लास रुफ र पाँच सय ८० लिटरसम्मको फ्लेक्जिबल लगेज क्यापासिटी छ । यसले यात्रालाई कम्फर्ट र प्राक्टिकल बनाउँछ । त्यसैगरी, १०० किलोवाट हाई–पर्फमेन्स इलेक्ट्रिक मोटर र चार सय ४० किलोमिटर (डब्लुएलटिसी)सम्मको रेन्जका कारण अपहिल ड्राइभ र लङ रुटको यात्रा पनि प्रभावकारी हुने बताइएको छ । 

बिवाइडी एम ६ ले ११५ किलोवाटको फास्ट चार्जिङसमेत सपोर्ट गर्छ । यसबाट ३७.४ मिनेटमै फुल चार्ज गर्न सकिन्छ । एम ६ मा भएका ६ एयरब्याग, एडेप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ असिस्ट र पार्किङ सेन्सरलगायतका एड्भान्स्ड सेफ्टी फिचरका कारण यसमा गरिने प्रत्येक यात्रा सुरक्षित हुने कम्पनीको दाबी छ ।