मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १६ मंगलबार
  • Thursday, 19 December, 2024
२o७८ कार्तिक १६ मंगलबार o९:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चितवन पुगेर ओलीले भने– प्रचण्डका लागि भोट माग्नु गल्ती भयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक १६ मंगलबार o९:११:oo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्डलाई भोट माग्नु गल्ती भएको बताएका छन् । सोमबार चितवनमा एमाले भरतपुर महानगरपालिकाको प्रथम महानगर अधिवेशन उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन् । ‘हामीले अध्ययन गर्दै जाँदा, खोज्दै जाँदा भगवान् भनेर पुजिएका रामको जन्मभूमि चितवन रहेछ । रामको जन्मभूमि यहीँ रहेछ, रामायण लेखिएको वाल्मीकि आश्रम, त्रिवेणीलगायतका अनेक पक्ष यहीँ छन् । सीता अन्तध्र्यान भएको देवघाट यहीँ छ,’ उनले भने, ‘अनि यस्तो पवित्र ठाउँमा अघिल्लोपटक म दुई–दुईपटक आएर के ल्याएर काँधमा बोकर प्रचार गर्दै हिँड्छु, अहिले छक्कै परेको छु ।’ प्रचण्डको नाम नलिई उनले थपे, ‘भरतपुरमा कांग्रेसले छोरी बोकेर फूर्ति लगाएको देखेर हामीले पनि बाउ नै उठाइदियौँ । तर, आगामी दिनमा त्यस प्रकारका कुनै गल्ती गरिने छैन ।’

आउँदो महाधिवेशन चितवनमा गर्नु सामान्य प्रक्रिया भएको भन्दै ओलीले यस विषयमा कसैले पनि टाउको दुखाउन नपर्ने बताए । ‘महाधिवेशन नगरे पनि गरे पनि यो जिल्ला आगामी निर्वाचनमा एमालेले जित्छ,’ उनले भने, ‘म त धोका पाएर दुईपटक भोट माग्न आएँ । जालझेल गरेर अदालत मिलाएर गरेको रहेछ भनेर थाहा भइसक्यो । अब कहाँ भोट आउँछ । अब सूर्यका दिन आए ।’

 सरकार सात दिनमा ढाल्न सक्छौँ, तर चाहना छैन
निवर्तमान प्रधानमन्त्री ओलीले आफूले चाहे वर्तमान सरकार सात दिनमा ढाल्न सक्ने दाबी गरे । ‘यो सरकार सात दिनमा ढाल्न सक्छौँ । तर, अहिले ढाल्ने चाहना छैन,’ उनले भने, नेकपा एमालेलाई अहिले सरकार ढाल्ने हतारो छैन । विपक्षीलाई फकाउन, मिलाउनमा समय खेर फाल्नभन्दा हामी आगामी चुनावमा धोवीले लुगा पछारेजसरी पाँचदलीय गठबन्धनलाई पछार्न तयारीमा जुटेका छौँ ।’