नेपाल बार एसोसिएसनको सल्लाहकार समितिका सदस्यहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पदबाट अविलम्ब राजीनामा नदिए आन्दोलनको विकल्प नरहेको बताएका छन्। नेपाल बारले प्रधानन्यायाधीश जबराको भूमिकाको विषयमा आधिकारिक निर्णय लिन सल्लाहकार समितिका सदस्यहरूको बैठक बोलाएको थियो।
बैठकमा बारका ३६ मध्ये ३५ सल्लाहकार समितिका सदस्यले वर्तमान नेतृत्वबाट न्यायिक सुधार सम्भव नरहेकाले अविलम्ब राजीनामा नदिए देशव्यापी आन्दोलनमा जानुपर्ने सुझाब दिएको वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले बताए।