अमेरिका र पश्चिमी मुलुकलाई हङकङका जनताको अधिकार र स्वतन्त्रताप्रति कुनै चासो छैन । उनीहरू हङकङमा अराजकता, अस्थिरता र विध्वंस मच्चाउन चाहन्छन् । यस अर्थमा उनीहरूको खराब नियत र पाखण्डपन प्रस्ट देखिन्छ ।
अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले गत बिहीबार एक वक्तव्य जारी गरेका थिए । वक्तव्यअनुसार अमेरिका ‘हङकङमा निरन्तर रूपमा खस्कँदो मानवअधिकार एवं राजनीतिक समावेशितासहितको स्वतन्त्रतालाई लिएर गम्भीरतापूर्वक चासो राख्छ’ भन्ने लेखिएको थियो । यो वक्तव्य हङकङ विशेष प्रशासकीय क्षेत्र (एचकेएसएआर) ले केही जिल्ला परिषद्लाई कानुन एवं विधिबमोजिम अयोग्य ठहर्याएपछि आएको हो ।
वक्तव्य आएकै दिन बेलायती विदेश सचिव लिज ट्रस र अस्ट्रेलियाली विदेशमन्त्री मेरिस पेनले पनि वक्तव्यको झल्को दिने गरी ट्विट गरेका थिए । चिनियाँ विदेश मन्त्रालयका आयुक्त कार्यालयका प्रवक्ताले शुक्रबारकै दिन एचकेएसएआर र चिनियाँ आन्तरिक मामिलामा अमेरिकी नांगो र भद्दा हस्तक्षेपको निन्दा गरेको थियो । यो वक्तव्यबाजी औकुस नामक गिरोह बनाएका अमेरिका, बेलायत एवं अस्ट्रेलियाले संयुक्त रूपमा हङकङविरुद्ध चालेको एक षड्यन्त्रकारी कदम मात्रै हो । अमेरिका औकुस नामक यो गिरोहका नाइके हो र बाँकी दुई मुलुक बेलायत र अस्ट्रेलिया केवल नाइके अमेरिकाका यस म्यान हुन् । यो कुरा विश्वभरिमा कसैबाट छिपेको कुरा होइन ।
अमेरिकाले हङकङ मामिलामा विधान परिषद्, ‘कूटनीति’देखि प्रशासकीय विषयमा दैनिकजसो चासो राखेर हङकङप्रति आफ्नो ध्यान केन्द्रित गर्ने गरेको छ । अमेरिकाका लागि अवाञ्छनीय चासो दैनिकी नै बन्न पुगेको छ । अमेरिका हङकङ मामिलामा वक्तव्यहरू जारी गरेर चीनलाई नियन्त्रण गर्न चाहन्छ । अमेरिकाले लगभग समाप्त भइसकेका चीनविरोधी दंगाईलाई प्रोत्साहन गर्ने काम गरिरहेको छ । अमेरिकी सरकारले भिसा सकिन आँटेका हङकङका मानिसलाई थप वर्क परमिट अर्थात् कार्य अनुमति दिने घोषणा गरेको छ । यस कदमले चीनविरोधी अराजक दंगाईहरूलाई निर्वासनका लागि सहज स्थान निर्माण गरिदिएको छ ।
अमेरिका र अन्य पश्चिमा मुलुकको वक्तव्य तथाकथित लोकतन्त्र र मानवअधिकारका भारी भरकम शब्दहरूले भरिएका हुन्छन् । उनीहरू हङकङका जनताको अधिकार र स्वार्थका रक्षा गर्ने दाबी गर्छन् । यद्यपि उनीहरूको भाष्य निकै कपटपूर्ण रहेको हुन्छ । उनीहरू यो भाष्यलाई दोहोर्याइरहन्छन् । उनीहरू हङकङका जनताका लागि उभिएको दाबी गर्छन्, तर वास्तवमा उनीहरू हङकङको न्याय प्रणालीले दोषी घोषणा गरेका बम निर्माता दंगाई, पृथकतावादी एवं राजनीतिक षड्यन्त्रकारीहरूका पक्षमा बोल्छन् । अहिले त झन् उनीहरू सहरमा दंगा एवं अशान्ति मच्चाउनेहरूलाई जोगाउन कम्मर नै कसेर लागिपरेका छन् । उनीहरूलाई हङकङका जनताको अधिकार र स्वतन्त्रताप्रति कुनै चासो छैन । उनीहरू हङकङमा अराजकता, अस्थिरता र विध्वंस मच्चाउन चाहन्छन् । यस अर्थमा उनीहरूको खराब नियत र पाखण्डपन प्रस्ट देखिन्छ ।
यदि अमेरिका र अन्य पश्चिमा मुलुक हङकङका जनताबारे साँचो अर्थमा चासो राख्छन् भने उनीहरूले पूर्व, पश्चिम र पर्ल अफ ओरिएन्ट अर्थात् फिलिपिन्सको सेतु रहेको हङकङको रक्षाबारे चासो दिनुपर्छ । अमेरिकाले हङकङविरुद्ध लगाएका सबै प्रतिबन्ध हटाएर हङकङका जनतालाई विश्वसँग अन्तत्र्रिmया गर्न र आफ्नो समृद्धिको मार्गको प्रत्याभूति दिलाउनुपर्छ ।
यदि अमेरिकालगायत पश्चिमा मुलुकहरू हङकङका हितबारे सोचिरहेकै हुन् भने उनीहरूले हङकङका मानिसको बाँच्ने अधिकारको प्रत्याभूति भए–नभएको हेर्नुपर्छ । दंगा, हुलहुज्जतका वेला हङकङको एयरपोर्ट ठप्प भएको थियो, ट्रान्जिट रेलवे (एमटिआर) तहसनहस भएको थियो, पसलहरूमा आगजनी भएको थियो र सर्वसाधारण जनता घाइते भएका थिए । यदि अमेरिकालाई हङकङबारे थोरै पनि चिन्ता र चासो हुन्थ्यो भने उल्लिखित घटनाक्रमले अमेरिका चिन्तित हुनुपर्ने थियो । वास्तवमा हङकङमा भएका दंगाहरूलाई अमेरिकी नेताहरूले ‘सुन्दर दृश्य’का रूपमा बखान गरेका थिए । यसबाट अमेरिकी नियत प्रस्टै हुन्छ ।
वास्तवमा हङकङका जनता यी दंगाहरूका कारण ठूलो पीडादायी मूल्य चुकाउन बाध्य भए । दंगाबाट आजित भएका हङकङका सर्वसाधारण जनता अहिले राष्ट्रिय सुरक्षा कानुन लागू भएयता कायम भएको सुरक्षा, स्थिरता र आर्थिक पुनरागमनलाई सराहना गरिरहेका छन् । अमेरिका र केही पश्चिमा मुलुकका राजनीतिक स्वार्थलाई छोड्ने हो भने अहिलेको हङकङ मुलुककै समृद्धिको धारमा मिसिन पुगेको छ ।
अब हङकङमा अमेरिकालगायत पश्चिमा मुलुकहरूको वर्चस्व कायम रहेन । अहिले यी मुलुक आफ्नो असफलताको कुण्ठा व्यक्त गर्न हङकङको आन्तरिक मामिलामा बोलिरहेका छन् । तर, हङकङका देशप्रेमी शक्तिहरू बलियो हँुदै गइरहेका छन् । हङकङको समृद्धिको गाडी अब रोकिनेवाला छैन । (चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्सको २३ अक्टोबरको सम्पादकीय)