कांग्रेस निर्वाचन समितिले रोकिएको १४औँ महाधिवेशनअन्तर्गत अधिधिवेशनका प्रक्रिया अघि बढाउन पदाधिकारीसँग छलफल गर्ने भएको छ। सोमबार बसेको निर्वाचन समितिको बैठकले यस्तो निर्णय गरेको हो।
केन्द्रीय निर्वाचन समिति संयोजक महादेव यादवले रोकिएको प्रक्रिया अघि बढाउन निर्वाचन समितिको बैठक बसेको नयाँ पत्रिकालाई जानकारी दिए। निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठले आजको बैठकले पार्टी मुख्यसचिवलाई पदाधिकारी बैठक बोलाउन आह्वान गर्ने निर्णय गरेको जानकारी दिए।
‘बैठकले पदाधिकारी बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘सम्भवतः भोलि पदाधिकारी बैठक आह्वान हुन्छ, सोहीअनुसार हामी प्रभावित भएका कार्यतालिकालाई समेटेर नयाँ कार्यतालिका सार्वजनिक गर्नेछौँ।