मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक ८ सोमबार १८:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गृह मन्त्रालयले भन्यो– पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएकालाई भाडामा बस्न नदिनू, काममा नलगाउनू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक ८ सोमबार १८:५३:००

गृह मन्त्रालयले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएकालाई घर, अपार्टमेन्ट, फ्ल्याट वा कोठा भाडामा नदिन आग्रह गरेको छ । आधिकारिक परिचयपत्र नभएकालाई कामकाजमा समेत नलगाउन मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरेर अनुरोध गरेको छ । 

कतिपय विदेशी नागरिक परिचय लुकाई अनधिकृत रूपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको बुझिएको मन्त्रालयले बताएको छ । कोही पहिचान नखुलेका विदेशी नागरिक देखिए वा भेटिएमा नजिकको प्रहरी चौकीमा खबर गरिदिन पनि मन्त्रालयले अनुरोध गरेको छ ।