१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ८ सोमबार
  • Thursday, 04 July, 2024
२o७८ कार्तिक ८ सोमबार o७:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

श्रीलंका पाँच विकेटले विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक ८ सोमबार o७:५६:oo

आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सुपर १२ अन्तर्गत समूह एकमा पूर्वविजेता श्रीलंकाले बंगलादेशलाई पाँच विकेटले हराएको छ । पहिलो ब्याटिङ गरेको बंगलादेशले चार विकेटको नोक्सानीमा एक सय ७१ रनको बलियो योगफल खडा गरेको थियो । श्रीलंकाले १८.५ ओभरमा पाँच विकेट गुमाएर एक सय ७२ रन जोड्दै महत्वपूर्ण दुई अंक जोड्यो । 

चरिथ असालांकाले नटआउट ८० रनको योगदान दिँदा श्रीलंकाको जित सम्भव भएको हो । चरिथले ४९ बल सामना गरी समान पाँच चौका र छक्का प्रहार गरेका थिए । लक्ष्य पछ्याएको इनिङमा श्रीलंकाको सुरुवात निकै खराब भयो । ओपनर कुशल परेरा नासुम अहमेदद्वारा बोल्ड आउट भए । त्यसपछि पथुम निसांका र चरिथबीच दोस्रो विकेटका लागि ६९ रनको साझेदारी भयो । पथुमले २१ बलमा २४ रनको योगदान दिए । 

चरिथले छैटौँ क्रमका ब्याट्सम्यान भनुका राजपाक्षसँग पाँचौँ विकेटका लागि ८६ रनको साझेदारी गर्दै श्रीलंकालाई जितनजिक पुर्‍याए । राजपाक्षले ३१ बलमा समान तीन चौका र छक्का प्रहार गर्दै ५३ रनको महत्वपूर्ण योगदान दिए । यसअघि ब्याटिङ गरेको बंगलादेशको ओपननिङ उत्कृष्ट भयो । ओपनर मोहमद नैम र लिटन (१६) दासबीच पहिलो विकेटका लागि ४० रनको साझेदारी भएको थियो ।

 मोहमदले मुसफिकर रहिमसँग तेस्रो विकेटका लागि ७० रनको साझेदारी गर्दै टोलीलाई १२९–३ को बलियो स्थितिमा पुर्‍याए । मोहमदले ५२ बलमा ६ चौका प्रहार गर्दै ६२ रन जोडे । रहिमले ३७ बलमा पाँच चौका र दुई छक्का प्रहार गरी ५७ रन जोडे । 

ad
ad
ad
ad