१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ८ सोमबार
  • Monday, 01 July, 2024
२o७८ कार्तिक ८ सोमबार o७:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

मनरा सिस्वा नगरपालिका–१० का वडाध्यक्षको मतपरिणाम उल्टियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक ८ सोमबार o७:o१:oo

स्थानीय तहको निर्वाचन सकिएको चार वर्षपछि मनरा सिस्वा नगरपालिका–१० को मतपरिणाम उल्टिएको छ । पुनः मतगणनामा स्वतन्त्र उम्मेदवार रमेश राय विजयी भएका छन् । आइतबार भएको पुनः मतगणनामा रायले हालका अरुणकुमार चौधरीलाई दुई मतले पराजित गरे । स्थानीय तहको निर्वाचनमा निर्वाचन कार्यालयले चौधरीलाई विजयी घोषणा गरेको थियो । रायले दुई सय ६८ मत र चौधरीले दुई सय ६६ मत ल्याए ।

२ असोज ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट उम्मेदवार रहेका चौधरीको दुई ६४ मत र स्वतन्त्र उम्मेदवार रायको दुई सय ६७ मत आएकोमा निर्वाचन अधिकृतले चौधरीको तीन बदर मत सदर गरिदिएपछि दुवैको बराबरी भएको थियो ।

आफू नभएको वेलामा निर्वाचन अधिकृतले गोलाप्रथा गरी चौधरीलाई निर्वाचित गरिदिएको भन्दै रायले अदालतमा मुद्दा दर्ता गरेका थिए । सोही मुद्दामा सर्वाेच्चले पुनः मतगणना गर्न आदेश दिएपछि सोहीअनुसार आइतबार पुनः मतगणना भएको हो । उच्च अदालत जनकपुरबाट २१ असार ०७५ मै १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दिएको थियो ।

ad
ad
ad
ad