मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ५ शुक्रबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक ५ शुक्रबार २o:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मापदण्ड पुगेका व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि देऊ : नेपाल बार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक ५ शुक्रबार २o:४o:oo

 नेपाल बार एसाेसिएसनले मापदण्ड पुगेका कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्न आग्रह गरेको छ। बारले आज एक विज्ञप्ति जारी गरी ४ वर्षदेखि रोकिएको उपाधि प्रदान गर्न सर्वोच्च अदालतसँग अनुरोध गरेको हो। 

महासचिव लीलामणि पौडेलले प्रेस विज्ञप्ति जारी गरी बारको असोज ६ गतेको निर्णयअनुसार उपाधिका लागि पुनः अनुरोध गरेका हुन्।

बारले उपाधिका लागि बार सर्वोच्च आफैँले बनाएको मापदण्ड पालना नगरेको आरोपसमेत लगाएको छ। बारले यसबारेको निर्णय गर्ने जिम्मेवारी सर्वोच्चको फुलकोर्टसँग रहेको भन्दै ध्यानाकर्षण गराएको छ।