लागुऔषध चरेस नेपालबाट भारततर्फ लैजाँदै गर्दा एक महिलालाई बारा प्रहरीले मटियर्वास्थित नेपाल र भारतको सिमानामा पर्ने दशगजा क्षेत्रबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सा पोखरिया नगरपालिका– ४ सतबरिया बस्ने वर्ष ४१ की ललसादेवी रौनियार रहेको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए । ती महिलाको तिघ्रामा लुकाइएको १४ पोकामा सात किलो चरेस रहेको थियो ।
बरामद भएको चरेसको बजार मूल्य करिब पाँच लाखभन्दा बढी रहेको छ । पक्राउ परेकी ती महिलालाई जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।