मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ कार्तिक ५ शुक्रबार १९:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले केन्द्रीय कमिटी बैठक १२ गते

Read Time : < 1 मिनेट
२०७८ कार्तिक ५ शुक्रबार १९:४०:००

नेकपा एमालेले यही कात्तिक १२ गते पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएको छ । शुक्रबार ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको पार्टी स्थायी कमिटी बैठकले पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तय गर्न पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको हो ।

बैठकले रामबहादुर थापा नेतृत्वको २१ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन कमिटीलाई पनि एक सदस्य पछि थप गर्ने गरी पूर्णता दिएको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।  

बैठकले १०बुँदे सहमति आम रूपमा कार्यान्वयन भएको निष्कर्ष निकाल्दै कार्यान्वयन हुन बाँकी रहेका ठाउँहरूमा आगामी केन्द्रीय कमिटीको बैठकसम्म कार्यान्वयन गरिसक्न पनि सम्बन्धित कार्यदललाई निर्देशन दिएको छ । त्यसैगरी रौतहटका कुन्दन कुशवाह र बाराका मोहम्मद समीरलाई पार्टी केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय पनि गरेको छ ।