मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक ३ बुधबार १८:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोदीद्वारा कुशीनगर एयरपोर्टको उद्घाटन, लुम्बिनीको पर्यटन पनि प्रवर्द्धन हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक ३ बुधबार १८:३६:००

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तरप्रदेशको कुशीनगर जिल्लास्थित कुशीनगर अन्तर्राष्ट्रिय एयरपोर्टको उद्घाटन गरेका छन् । मोदीले बुधबार बिहान उक्त एयरपोर्टको उद्घाटन गरेका हुन्। उद्घाटनलगत्तै त्यहाँबाट पहिलो अन्तर्राष्ट्रिय उडान श्रीलंकाको कोलम्बोको लागि गरिएको थियो । कुशीनगरमा नवनिर्मित उक्त अन्तर्राष्ट्रिय एयरपोर्टले बौद्ध पर्यटकहरूको आवागमनलाई सजिलो बनाउन मद्दत गर्ने बताइएको छ ।

२६० करोड रुपैयाँको लागतमा ३६०० वर्गमिटरमा फैलिएको टर्मिनल भवनसहित कुशीनगर एयरपोर्टको निर्माण भएको हो । नयाँ टर्मिनल ३ सय यात्रुहरूलाई सजिलै आउन जान सुविधा प्रदान गर्ने क्षमताको रहेको छ।

कुशीनगर एक अन्तर्राष्ट्रिय बौद्ध तीर्थ केन्द्र हो । जहाँ भगवान गौतम बुद्धले महापरिनिर्वाण प्राप्त गरेका थिए । यो स्थल बौद्ध सर्किटको एक केन्द्रबिन्दु पनि हो । बौद्ध सर्किटमा कुशीनगरको अलावा लुम्बिनी, सारनाथ र गयाको तीर्थस्थलहरू सामेल छन्।

यो एयरपोर्टले बौद्ध धर्मका अनुयायीहरूलाई विदेशबाट लुम्बिनीमा पुर्याउनसमेत भूमिका निर्वाह गर्नेछ, जसले लुम्बिनीको पर्यटन विकासमा ठूलो मद्दत गर्ने विश्वास गरिएको छ । साथै, यो एयरपोर्टको निर्माणसँगै बौद्ध सर्किट लुम्बिनी, बोधगया, सारनाथ, कुशीनगर, श्रावस्ती, राजगिर, संकिसा तथा वैशालीको यात्रा यो एयरपोर्टले अब कम समयमा पूरा गर्न सकिनेछ।