मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज २९ शुक्रबार
  • Wednesday, 09 July, 2025
एजेन्सी वासिङ्टन
२o७८ असोज २९ शुक्रबार १२:o२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

माइक्रोसफ्टले चीनमा लिंक्डइन बन्द गर्ने

Read Time : < 1 मिनेट
एजेन्सी वासिङ्टन
नयाँ पत्रिका वासिङ्टन
२o७८ असोज २९ शुक्रबार १२:o२:oo

माइक्रोसफ्ट कम्पनीले चीनमा आफ्नो सामाजिक सञ्जाल लिंक्डइन बन्द गर्ने भएको छ। चिनियाँ सरकारसँगको सहमति पालना गर्न चुनौतीपूर्ण बन्दै गएको भन्दै उसले लिंक्डइन बन्द गर्न लागेको हो। केही पत्रकारहरूको प्रोफाइल अवरुद्ध गरेको विषयमा सोधपुछ भएपछि माइक्रोसफ्टले चीनमा लिंक्डइन बन्द गर्न लागेको बिबिसीले जनाएको छ। 

लिंक्डइन चीनमा सक्रिय एक मात्र प्रमुख पश्चिमी सोसल मिडिया प्लेटफर्म हो। सन् २०१४ मा चीनमा सेवा सुरु गर्दा कम्पनीले यहाँको सरकारको ‘आवश्यकता’को पालना गर्न सहमति जनाएको थियो।

‘चीनमा सेवा सञ्चालनका लागि हामीले अधिक चुनौतीपूर्ण वातावरण र नियमको सामना गरिरहेका छौँ,’ लिंक्डइनका वरिष्ठ उपाध्यक्ष मोहक श्रफले लिंक्डइनको आधिकारिक ब्लगमा लेखेका छन्। तत्काल लिंक्डइन बन्द गरे पनि चीनमा आफूहरूको उपस्थिति कायमै रहने कम्पनीले जनाएको छ। कम्पनीले लिंक्डइनको सट्टामा चीनमा यो वर्षको अन्त्यसम्ममा ‘इनजब्स’ एप सार्वजनिक गर्ने तयारी गरिरहेको छ।