मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ असोज २५ सोमबार
  • Friday, 14 August, 2026
रासस नयाँ दिल्ली
२o७८ असोज २५ सोमबार १५:१३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतमा दैनिक संक्रमितको संख्या सात महिनायताकै कम

Read Time : < 1 मिनेट
रासस नयाँ दिल्ली
नयाँ पत्रिका नयाँ दिल्ली
२o७८ असोज २५ सोमबार १५:१३:oo

भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरूको संख्या सात महिनापछिकै सबैभन्दा कम देखिएको छ। सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो एक दिनमा १८ हजार एक सय ३२ नयाँ संक्रमित थपिएका छन्। यो संख्या सात महिनाभन्दा बढीसमय पछिको सबैभन्दा कम हो।

यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण एक सय ९३ जनाको मृत्यु भएको जनाएको छ। योसँगै भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म मृत्यु हुनेको संख्या चार लाख ५० हजार सात सय ८२ पुगेको छ।

महामारीबाट पछिल्लो समयमा भारतमा सबैभन्दा धेरै प्रभावित हुनेमा केरला प्रदेश रहेको छ। केरलामा मात्रै पछिल्लो २४ घन्टामा ८५ जनाको मृत्यु भएको छ भने १० हजार ६ सय ९१ जना संक्रमित भएका छन्।

भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरूको संख्या दुई लाख २७ हजार तीन सय ४७ पुगेको छ। यो संख्या २०९ दिनपछिकै सबैभन्दा कम भएको मन्त्रालयले जनाएको छ। त्यसैगरी पछिल्लो एक दिनमा २१ हजार पाँच सय ६३ जना संक्रणमुक्त भएका छन्।