१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
फाइल फोटो
२o८१ बैशाख २४ सोमबार १३:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

राजनीतिक र सामाजिक समावेशिता माग गर्दै अफगानिस्तानमा प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १३:३९:oo

अफगानिस्तानमा दर्जनौँ महिला अधिकारकर्मीले राजनीतिक तथा सामाजिक समावेशिताको माग गर्दै प्रदर्शन गरेका छन्। तालिवानले गठन गरेको कामचलाउ सरकारमा महिला सहभागिताको माग गर्दै उनीहरूले राजधानी काबुलमा प्रदर्शन गरेका टोलो न्युजलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

नयाँ सरकारमा आफूहरूको भूमिका स्पष्ट नभएसम्म प्रदर्शन नरोक्ने अधिकारकर्मीहरूको अडान छ। ‘नयाँ सरकार र उनीहरूको शासनकालमा महिलाको हकअधिकार, स्वतन्त्रता, सहभागिता र समावेशिताको विषय अझै पनि अनिश्चित र अन्याेलपूर्ण रहेकाले त्यसतर्फ हामीले ध्यानाकर्षण गराएका हौँ,’ एक महिला अधिकारकर्मीले भनिन्। उनका अनुसार अफगानिस्तानमा महिला अधिकार, स्वतन्त्रता र समावेशिताको माग गर्दै सयभन्दा बढी देशमा प्रदर्शन भएको छ।  

विश्वभरिबाट दबाब भए पनि महिला अधिकारको पक्षमा तालिवान सरकारले उदारता देखाएको छैन। तर, महिलाको शिक्षा, रोजगारी र राजनीतिक क्षेत्रमा महिला सहभागिता गराउने प्रतिबद्धता भने जनाउँदै आएको छ। विश्व समुदायलाई आफूहरू सुध्रिएको, उदार भएको देखाउन तालिवान सरकारले मौखिक प्रयास गरे पनि व्यवहारमा भने देखिएको छैन।

ad
ad