मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २५ सोमबार
  • Tuesday, 17 December, 2024
२o७८ असोज २५ सोमबार o६:२७:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

हिरासतमा थुनुवाको मृत्यु भएपछि तनाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज २५ सोमबार o६:२७:oo

 प्रहरी हिरासतमा थुनुवाको मृत्यु भएपछि उनका आफन्तले सुनसरीको इनरुवास्थित जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् । मृतकका आफन्तसहित ठूलो संख्याको भिडले प्रहरीमाथि आक्रमण थालेपछि दोहोरो झडपसमेत भएको छ । झडपमा प्रहरीसहित १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

भिड नियन्त्रणका लागि प्रहरीले आधा दर्जन बढी अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनकारीले प्रहरीले सुनियोजित रूपले थुनामा रहेका व्यक्तिको हत्या गरेको भन्दै कार्यालय घेराउ गरेका थिए । प्रदर्शनकारीले आइतबार बिहानैदेखि पूर्व–पश्चिम राजमार्गसमेत अवरुद्ध पारे । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका भोक्राहा–५ का मोहम्मद हकिम अनुसन्धानका क्रममा थुनामा भएको प्रहरीले बताएको छ ।

उनले आइतबार बिहान आत्महत्या गरेको प्रहरीको दाबी छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाले सिसिटिभी क्यामेरामा स्पष्ट आत्महत्या गरेको देखिएको बताए । यस विषयमा प्रहरीले छानबिन गर्ने उनको भनाइ छ । मृतकका आफन्तले भने केटाकेटी राजीले भागेको, तर केटीलाई परिवार पक्षले छुटाएर लगेको र अभद्र व्यवहारमा मुद्दा चलाई सुनियोजित रूपमा मारिएको आरोप लगाउँदै आएका छन् ।