१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार o६:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एनसेलको चाडपर्व योजना सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o६:५२:oo

एनसेल आजियाटा लिमिटेडले यसपालिको चाडपर्वलाई थप उमंगमय बनाउने उद्देश्यसहित विभिन्न योजनाहरू ल्याएको छ । कम्पनीले सुलभ दरमा प्याक खरिद नगरी आफ्नो मेन ब्यालेन्सबाटै डेटा प्रयोग गर्न सक्ने योजना ल्याएको हो । 

योजनाअुनसार कम्पनीले पेएजयुगो (पेजी) डेटा शुल्कलाई घटाई प्रतिएमबी एक रुपैयाँका सथै विभिन्न योजना ल्याएको जनाएको छ । दसैँ–तिहार र छठको पावन अवसरमा ल्याइएको पेजीअन्तर्गत  एक रुपैयाँ प्रतिएमबी अफर लागू भइसकेको र रिचार्जमा बोनस योजना पनि ९० दिनसम्म लागू हुने कम्पनीले जनाएको छ । 

रिचार्जमा बोनस योजनाअन्तर्गत ग्राहकले रिचार्ज गरेको रकमका आधारमा बोनस ब्यालेन्स तथा डेटा प्राप्त गर्ने जनाइएको छ । जसअनुसार ५० देखि ९९ रुपैयाँसम्मको ब्यालेन्स रिचार्जमा ५ देखि १० प्रतिशतसम्म बोनस ब्यालेन्स वा ५० एमबीदेखि दुई सय ५० एमबीसम्म एक दिनको समयसीमा रहेको डेटा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

त्यस्तै, एक सयदेखि एक सय ९९ रुपैयाँसम्मको ब्यालेन्स रिचार्जमा दिन–दिनको समयसीमा हेरेको ५ देखि १२ प्रतिशतसम्म बोनस ब्यालेन्स वा एक सय ५० देखि पाँच सय एमबीसम्मको डेटा पाउने जनाइएको छ । दुई सय रुपैयाँभन्दा बढी रिचार्ज गर्ने ग्राहकले पाँच दिनको समयावधि रहेको ५ देखि १५ प्रतिशतसम्म बोनस ब्यालेन्स वा पाँच सय एमबी देखि १५ सय एमबीसम्म डेटा भोलुम पाउने कम्पनीले जनाएको छ । 

डेटा प्याकमार्फत डेटा प्रयोग सबैभन्दा राम्रो विकल्प भए तापनि पेएजयुगो अर्थात् पेजी शुल्कमा छुटले ग्राहकमाझ मेन ब्यालेन्सबाट पनि सुलभ दरमा डेटा सेवा सुनिश्चित गरेको कम्पनीले उल्लेख गरेको छ । चाडपर्वकै अवसरमा ग्राहकले आफ्ना परिवारजन, साथीभाइ र आफन्तहरूले मलेसिया, युनाइटेड अरब एमिरेट्स (युएई) र साउदी अरबबाट गरेको कलमा कुरा गर्दा हरेक हप्ता २१ वटा स्मार्ट फोन जित्ने मौकासहितको आकर्षक योजना पनि ल्याएको कम्पनीले घोषणा गरेको थियो ।

ad
ad