मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर ११ शनिबार
  • Saturday, 27 November, 2021
२०७८ असोज २१ बिहीबार ०६:२०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दुवै खोप लगाएका भारतीय  सहजै नेपाल आउन सक्ने

Read Time : < 1 मिनेट
२०७८ असोज २१ बिहीबार ०६:२०:००

घुमघामका लागि नेपाल आउने पर्यटकलाई लक्षित गरी स्थानीय प्रशासनले नेपालगन्ज नाकामा सहज प्रवेशको व्यवस्था गर्न थालेको छ । नेपाल आउने पर्यटकले ७२ घन्टाभित्रको पिसिआर रिपोर्ट देखाउनुपर्ने प्रावधान हटाएर स्थानीय प्रशासनले कोरोनाविरुद्ध दुवै डोज खोप लगाएकालाई प्रवेश दिन थालेको हो ।

७२ घन्टाको रिपोर्ट देखाउनुपर्ने प्रावधानले भारतीय यात्रुलाई सास्ती भएपछि खोप कार्डलाई मान्यता दिएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भण्डारीले बताए । उनले खोप कार्डले भारतीयलाई नेपाल आउन सहज भएको बताउँदै नेपालगन्ज नाकामा भारतीय गाडीको लाइन पनि कम भएको बताए ।

भारतीय गाडीमार्फत नेपाल आउने भारतीय पर्यटकले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएको प्रमाणित गर्ने कागजात देखाए सहजै नेपाल प्रवेश गर्न दिनू भन्ने आदेश आएकाले त्यसैअनुसार गर्न थालिएको छ,’ इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज सइ मीनबहादुर विष्टले नयाँ पत्रिकासँग भने । 

यसअघि ७२ घन्टाभित्रको पिसिआर रिपोर्ट ल्याउनुपर्ने प्रावधान थियो । सो प्रावधान झन्झटिलो भएको गुनासो आउने गरेको थियो । त्यसपछि प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको नेतृत्वमा बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी, नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीको बैठकले कोरोनाविरुद्ध दुवै डोज खोप लगाएका भारतीयलाई प्रवेश गर्न दिने निर्णय गरेको हो ।