मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ असोज १९ मंगलबार
  • Friday, 14 August, 2026
फाइल फोटो।
२o७८ असोज १९ मंगलबार १४:४३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

सयभन्दा बढी संगीतकारले अफगानिस्तान छाडे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज १९ मंगलबार १४:४३:oo

अफगानिस्तान तालिवानले नियन्त्रणमा लिएपछि काबुलबाट एक सयभन्दा बढी संगीतका विद्यार्थी र शिक्षकले अफगानिस्तान छाडेका छन्। अफगानिस्तानको शीर्ष म्युजिकल इन्स्टिच्युटका एक सय एक सदस्य सोमबार साँझ दोहा पुगेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

समूहका अहमद सरमस्तले देशको नयाँ तेतृत्वबाट गीत–संगीत क्षेत्रमा दमन हुन सक्ने भयले देश छाडेको जनाएका छन्। अफगानिस्तान नेसनल इन्स्टिच्युट अफ म्युजिकलका संस्थापक सरमास्तले भने, ‘ती महिला र केटीहरूमध्ये लगभग आधा संख्यामा कतार सरकारको सहयोगमा पोर्चुगल जाने योजनामा छन् ।’

काबुलस्थित कतारी दूतावासको सहयोगमा संगीतकारहरूलाई सानोसानो समूहमा विभाजित गराएर सहरको विमानस्थलसम्म पुर्‍याइएको बताइएको छ।