Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १७ आइतबार ०७:३७:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

२२ वर्षपछि माल्दिभ्समाथि नेपालको जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १७ आइतबार ०७:३७:००

नेपाली राष्ट्रिय फुटबल टोलीले २२ वर्षपछि माल्दिभ्सलाई हराएको छ । दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिप २०२१ अन्तर्गत लिग चरणको पहिलो खेलमा नेपालले शुक्रबार राति माल्दिभ्सलाई १–० ले हराएको हो ।

नेपाललाई ऐतिहासिक जित दिलाउने क्रममा युवा स्ट्राइकर मनीष डाँगीले खेलको ८५औँ मिनेटमा उत्कृष्ट गोल गरेका थिए । डाँगीले काउन्टर अट्याकमा विशाल राईले निकालेको पासमा पोस्टभन्दा २५ यार्ड टाढाबाट बल अघि बढाउँदै गोल गरेका हुन् । यसक्रममा उनले सुरुमा माल्दिभ्सका तीन डिफेन्डर कटाए । त्यसपछि डाँगीले गोलरक्षकविरुद्धको वान भर्सेस वान स्थिति पनि पार गरी नेपाललाई अग्रता दिलाए । 

माल्दिभ्सले बल पोसेसन बलियो बनाए पनि नेपालले डिफेन्समा राम्रो प्रदर्शन गरेको थियो । नेपाल र माल्दिभ्सबीच १७ पटक प्रतिस्पर्धा भएको छ । जसमा माल्दिभ्सले आठ र नेपालले पाँच खेलमा जित निकालेका छन् । नेपालले पछिल्लोपटक सन् १९९९ मा काठमाडौंमा सम्पन्न आठौँ दक्षिण एसियाली खेलकुदमा माल्दिभ्सलाई २–१ ले हराएको थियो ।