मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज १६ शनिबार
  • Saturday, 12 July, 2025
२o७८ असोज १६ शनिबार १६:२१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

मोरक्कोका कोरोना भाइरविरुद्ध तेस्रो खोप दिइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज १६ शनिबार १६:२१:oo

अफ्रिकी देश मोरक्कोका नागरिकलाई कोरोना भाइरसविरुद्ध खोपको तेस्रो मात्रा दिइने भएको छ। महामारीबाट आफ्ना नागरिकलाई जोगाउनका लागि सरकारले तस्रो चरणको खोप लगाउने व्यवस्था गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मोरक्कोको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार विज्ञ तथा सरोकारवालाको सिफारिसका आधारमा यस्तो निर्णय गरिएको हो। यसलाई राष्ट्रिय खोप अभियानकै एउटा अंगको रूपमा लागू गरिने पनि अधिकारीले बताएका छन् ।

आफ्ना नागरिकलाई मात्रै नभई मोरक्कोमा बस्ने विदेशी नागरिकलाई पनि खोपको व्यवस्था गरिने बताइएको छ। मोरक्कोमा यसअघि पहिलो खोप अभियान गत जनवरी २८ मा सुरु भएको थियो । त्यहाँ सुरुमा चिनियाँ सिनोफर्म खोप लगाइएको थियो। 

सरकारी अधिकारीका अनुसार यहाँ अहिलेसम्म दुई करोड २७ लाख १९ हजार ८६ जनाले पहिलो मात्रा खोप लगाएका छन्। तीमध्ये एक करोड ९१ लाख ९७ हजार ९१६ जनाले दुवै खोप लगाएका छन् । 

कोरोना भाइरसका कारण मोरक्कोमा अहिलेसम्म १४ हजार २९० जनाको मृत्यु भएको छ। रासस