१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
तिवारी यादव वीरगन्ज
२०७८ असोज १५ शुक्रबार १२:३९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

वीरगन्ज नाकामा रोकिएन तस्करी, नियमित अवैध सामान भित्रिँदै

Read Time : > 1 मिनेट
२०७८ असोज १५ शुक्रबार १२:३९:००

पर्सा प्रहरीले गत असोज १० मा भन्सार छली गरी ल्याएको सुपारीलगायतका सामग्री भएको गाडीसहित एकजनालाई पक्राउ गर्याे। पक्राउ पर्नेमा पर्साको धोबिनी गाउँपालिका– ५ बस्ने वर्ष ४५ को आलिम अन्सारी थिए। 

अन्सारी प्रदेश २–०३–००१ थ ०००१ नम्बरको ट्याक्टरमा सुपारी ४६ बोरा, छोकडा १० बोरा, मरिच ५ बोरा, केराउ ७ बोरा अवैध रूपमा लिएर भारततर्फ जाँदै गर्दा पक्राउ परेको थिए। प्रहरीले भन्सार छली चोरी निकासी गरी भारततर्फ लैजाँदै गरेको सूचनाको आधारमा करिब बीस लाख मूल्यबराबरको सामग्री नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय बारामा पठाएको हो।

सोही दिन पर्सा प्रहरीले अवैध रूपमा ना.२ख ००२५ नम्बरको मालवाहक ट्रकमा मेडिकल सामग्रीसहित वीरगन्जबाट एकजनालाई पक्राउ गर्याे । पक्राउ पर्ने मकवानपुरको हेटौँडा उपमहानगरपालिका– १५ का ३१ वर्षीय नवीनकुमार श्रेष्ठ थिए। मेडिकल सामग्रीलगायत अन्य किराना सामानहरू भन्सार छली गरी वीरगन्जबाट नेपालगन्जतर्फ जाँदै गरेको सूचनाको आधारमा गण्डक चोकमा श्रेष्ठ पक्राउ परेका पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए। 

ट्रकमा लोड रहेको मालवस्तुहरूको बिलविजक नरहेकाले प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको थियो। खनालका अनुसार बरामद भएको सामान करिब ६५ लाख मूल्यबराबरको थियो।

यस्तै, गत असोज ५ मा पनि प्रहरीले भन्सार छली गरी ल्याएको खुद्रा सामानहरूसहित ट्रक र चालकलाई पक्राउ गर्यो । ना.२ख ९७३७ नम्बरको मालवाहक ट्रकमा भन्सार छली गरी मेडिकल सामान ल्याउने वीरगन्ज महानगरपालिका– १४ का ४२ वर्षीय प्रमानन्दप्रसाद कुर्मी पक्राउ परेका थिए। बरामद भएका सो सामान ६५ लाख मूल्यबराबरको रहेको प्रहरीले जनाएको छ।

पछिल्लो समय भन्सार छली गर्नेहरूको संख्या बढिरहेको यस्ता केही घटनाहरूले पुष्टि गर्छन्। प्रहरी तथ्यांकअनुसार पनि सीमामा लुकी–छिपी कारोबार गर्नेहरू बढेका छन्। 

सीमामा प्रहरी व्यवस्थापन फितलो
कोरोना महामारीका कारण सरकारले लामो समय सीमानाका बन्द गर्ने निर्णय गर्याे। सर्वसाधारणलाई सीमा वारपारमा रोक लगाउने निर्णय गरेपनि सीमा क्षेत्रमा तस्करी रोकिएको छैन ।

सीमामा प्रहरीको फितलो व्यवस्थापनका कारण कतिपय स्थानमा लुकी–छिपी कारोबार भइरहेको छ। सीमा निरीक्षणको जिम्मा पाएको सशस्त्र प्रहरी निगरानीमा चुक्दा तस्करी भइरहेको युवा समाजका धनराज गुप्ताले बताए । उनले सर्वसाधारणका लागि मात्र नाका बन्द रहेको उल्लेख गरे।

भारतबाट खाद्यान्न तस्करी हुने गरेकोमा पछिल्लो समय अवैध कपडालगायत अन्य सामग्रीहरू पनि भित्रिन थालेको छ।