मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १३ बुधबार
  • Thursday, 19 December, 2024
२o७८ असोज १३ बुधबार o६:oo:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भैरव टेक्नोलोजी एमएसएसपी एसियाको टप १५ मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज १३ बुधबार o६:oo:oo

 नेपालमा स्थापित भैरव टेक्नोलोजी, विश्वका एमएसएसपी प्रदायकमध्ये १५१औँ स्थानमा पर्न सफल भएको छ । कम्पनी एसियामा भने उत्कृष्ट १५ मा परेको छ ।  सन् २०१८ मा नेपालमा स्थापना भएको भैरव टेक्नोलोजी विभिन्न राष्ट्रिय र बहुराष्ट्रिय कम्पनीहरूलाई उत्कृष्ट साइबर सेक्युरिटी सोलुसनहरू प्रदान गर्ने कम्पनी हो ।

साइबर सेक्युरिटीको विश्वमा कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्ससहितको एसओसी (सेक्युरिटी अपरेसन्स सेन्टर) को साइबर थे्रट मनिटरिङ सिस्टम (सिटिएमएस)द्वारा कम्पनीहरूलाई साइबर सुरक्षा प्रदान गर्दै आएको जनाएको छ । नेपालमै बनेको र विभिन्न प्रावधानहरूबाट प्रयोगमा ल्याइएको भैरवको इन–बिल्ट सफ्टवेयर भैरव सिटिएमएसले आर्टिफिसियल इन्टेलिजेन्स, थे्रट इन्टेलिजेन्स र ह्युमन इन्टेलिजेन्स (साइबर सेक्युरिटी एनलिस्टहरूको समूह) को संयोजनबाट कम्पनीहरूको गोप्य सेक्युरिटी पद्धति र पहिचानलाई ध्यानमा राखी हरेक समय ग्राहक कम्पनीहरूलाई साइबर सुरक्षा दिने कार्य गर्दै आएको जनाइएको छ ।  

नेपालमा पहिलोपटक यस किसिमको साइबर सुरक्षा प्रणाली सुचारु गरेको यस कम्पनीले आवासीय र गैरआवासीय कम्पनीहरूसँग साझेदारी गरी विविध सेवाहरू, जस्तै : भिए–पिटी (भल्नरेबिलिटी असेसमेन्ट–पेनिट्रेसन टेस्टिङ), व्यवस्थित जिआरसी सेवा, इन्फर्मेसन सिस्टम अडिट, साइबर सेक्युरिटीको जानकारी र विविध सेवासुविधाहरू प्रभावशाली रूपमा प्रदान गर्ने जनाएको छ । यसैगरी, अधिक आरओआई (रिटर्न अफ इन्भेस्टमेन्ट), निम्न परिचालन लागत र अन्य व्यापारिक लाभार्थहरू पनि यस कम्पनीले प्रदान गर्ने जनाइएको छ ।