उच्च अदालत विराटनगरगाडि खुकुरी प्रहार हुँदा एक इँटा व्यवसायी गम्भीर घाइते भएका छन्। अदालतको गेटअगाडि विराटनगर– ६ का २५ वर्षीय विमल कार्कीले खुकुरी प्रहार गर्दा भक्तपुर सूर्यविनायक नगरपालिका– ८ बस्दै आएका व्यवसायी ३२ वर्षीय कमानसिंह लामा गम्भीर घाइते भएका हुन्।
अदालती कामका लागि विराटनगर जाँदै गर्दा आइतबार दिउँसो १२ बजेतिर मोटरसाइकलमा आएका कार्कीले लामालाई खुकुरी प्रहार गरेर भागेका थिए। उनलाई प्रहरीले केहीबेरमै कोसी अस्पताल क्षेत्रबाट पक्राउ गरेको छ।
घाइते लामाको विराटनगर अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए। मोरङको कटहरी गाउँपालिका– ६ मा लामाको साझेदारीमा इँटाभट्टा रहेको बुझिएको छ। उनलाई व्यावसायिक रिसइबीकै कारण हत्या गर्ने उद्देश्यले खुकुरी प्रहार भएको हुन सक्ने प्रहरीको आशंका छ।