मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ८ शुक्रबार १७:३८:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

किंग्स इलेभेन काठमाडौंको खेलाडी र जर्सी सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ८ शुक्रबार १७:३८:००

किंग्स इलेभेन काठमाडौंले एभरेस्ट प्रिमियर लिग (इपिएल)को चौथो संस्करण खेल्ने टोली र जर्सी सार्वजनिक गरेको हो । शुक्रबार एक कार्यक्रमका बीच खेलाडी र जर्सी सार्वजनिक गरिएको हो ।

किंग्स इलेभन काठमाडौँको टिममा चार विदेशी खेलाडीसहित नेपाली क्रिकेट खेलाडी अमित श्रेष्ठ, सुवास खकुरेल, राजु रिजाल, शेर मल्ल, सिद्धान्त लोहनी, मोहम्मद समसद शेख, दीपेन्द्र रावत, जितेन्द्र मुखिया, आशाक चन्द, अमरसिंह रौटेला र गुल्सन झा रहेका छन्।

यस्तै, विदेशी खेलाडीमा पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, जनक प्रकाश, रेयान ब्रुल र रहमानउल्ला गुरबाज रहेका छन्। अफ्रिदीले शनिबार र सोमबार दुई खेल मात्र खेल्नेछन् ।

कार्यक्रममा अफ्रिदीले नेपालले दिएको सम्मानले आफूलाई खुसी बनाएको बताए । कार्यक्रममा किंग्स इलेभनका कप्तान सन्दीप लामिछानेले अफ्रिदीजस्ता अनुभवी खेलाडीको कारण टिमले सुखद नतिजा दिने बताए ।

किंग्स इलेभन काठमाडौंले शनिबार अघिल्लो संस्करणको विजेता ललितपुर पेट्रियोटसविरुद्ध खेल्नेछ ।