मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज ८ शुक्रबार
  • Thursday, 19 December, 2024
तिवारी यादव वीरगन्ज
२o७८ असोज ८ शुक्रबार १६:५८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

वीरगन्ज महानगरका आधा दर्जन जिम्मेवार कर्मचारी बिदामा बसेपछि सेवाग्राहीलाई सास्ती   

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज ८ शुक्रबार १६:५८:oo

वीरगन्ज महानगरपालिका कार्यालयका आधा दर्जन जिम्मेवार शाखाका प्रमुखहरू घरबिदा लिएर भारत भ्रमणमा गएको पाइएको छ । असार मसान्त सकिनेबित्तिकै बनेको योजनाअनुसार एकैपटक घरबिदा लिएर कर्मचारी भारत भ्रमणमा गएका हुन् । 

महानगरपालिका शाखागत प्रमुखहरू गएको असोज ७ देखि अगामी असोज १३ गते सम्मका लागि बिदा लिएको वीरगन्ज महानगरपालिका कार्यालयले जनाएको छ । वीरगन्ज महानगरपालिका कार्यालयमा पहिलोपटक एकैपटक कार्यालयका जिम्मेवार कर्मचारीहरू बिदामा गएपछि शाखागत कार्यालय खाली भएका छन् । 

कार्यालयमा काम लिएर आएका सेवाग्राही काम नै नगराई रित्तै हात फर्किन बाध्य भएका छन् । एक कर्मचारीका अनुसार असार मसान्त सकिनेबित्तिकै भारत भ्रमणमा जाने योजना भए पनि अहिले असोजको पहिलो सातामा पूर्वयोजना सफल भएको छ । 

स्रोतका अनुसार ६ जनाले एक हप्ताका लागि बिदा लिएको भए पनि कम्तीमा १० दिनमा फर्किने योजना बनेको छ ।महानगरको समान्य प्रशासन शाखाले दिएको जानकारीअनुसार बिदामा बस्नलाई एकैपटक ६ जना विभिन्न शाखाका जिम्मेवार कर्मचारी निवेदन दिएका छन् ।

बिदाका लागि निवदेन दिएकामध्ये प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौला, आन्तरिक लेखा परीक्षण शाखा प्रमुख हरिशंकर कुर्मी, लेखा अधिकृत रूपनारायण राउत, सहरी पूर्वाधार विकास महाशाखा प्रमुख राकेश साह, सहरी पूर्वाधार विकास महाशाखा प्रकाश अधिकारी, नायब सुब्बा राजेश गिरीले बिदा लिएको सामान्य प्रशासन शाखाका एक कर्मचारीले जानकारी दिए । 

सेवाग्राहीलाई सास्ती
वीरगन्ज महानगरपालिका– २१ लिपनी बिर्ताका सञ्जय पासवान बिहान ११ बजे अतिआवश्यक कागजमा तोक लगाउनलाई प्रमुख प्रशासकीय अधिकृत निरौलाको कार्यकक्षतिर पुगे । तर, प्रमुख प्रशासकीय अधिकृत निरौलाका सहयोगीले हाकिम बिदामा भएको जनाएपछि उनी यत्तिकै फर्किए । उनीजस्तै वीरगन्ज महानगरपालिका– ८ गहवाका अशोक ठाकुरलाई पनि अतिआवश्यक कागजमा तोक लगाउनुपर्ने थियो । 

उनी पनि पासवानसँगै अतिआवश्यक कागजमा तोक लगाउनका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा पुगे, तर हाकिम  बिदामा बसेको जानकारी पाएपछि फर्किएको बताए । वीरगन्ज महानगरपालिका कार्यालयमा शाखागत कर्मचारी नभएपछि अन्य शाखामा सेवाग्राहीहरू यत्तिकै कुरेर बसेको अवस्थामा पनि फेला परेका थिए । उनीहरूले अतिआवश्यक काम लिएर आएको बताउँदै जिम्मेवार कर्मचारीको प्रतीक्षा गरिरहेको बताएका थिए ।