१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज ७ बिहीबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका न्यूयोर्क
२o७८ असोज ७ बिहीबार १४:१५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

सुडानमा ‘कु’ प्रयासको  राष्ट्रसंघीय सुरक्षा परिषदद्वारा निन्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, न्यूयोर्क
नयाँ पत्रिका
२o७८ असोज ७ बिहीबार १४:१५:oo

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले सुडानमा भएको ‘कु’ प्रयासको कडा शब्दमा निन्दा गरेको छ। प्रेस वक्तव्य जारी गरी सुरक्षा परिषद्का सदस्यहरूले प्रधानमन्त्री अब्दुल्लाह हमदोकको पक्षमा समर्थन व्यक्त गरेका छन्। सुडानमा जारी संक्रमणको अन्त्य गर्दै एक समावेशी, शान्तिपूर्ण, सन्तुलित रूपले जनताको आशा र आकांक्षा प्राप्त गर्ने प्रयासमा आफूहरू सहयोगी हुने वक्तव्यमा उल्लेख गरिएको छ।

परिषद्का सदस्य राष्ट्रहरू सम्बन्धित पक्षलाई ‘राष्ट्रिय संकट र संक्रमणको विषय’लाई गम्भीर रूपले बुझ्न र सोहीअनुरूप अगाडि बढ्न आग्रह गरेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘सुडानमा जनता र सैनिक पक्षले सहमति र सहकार्यका साथ संविधान र  जुबा शान्ति सम्झौताको मर्मअनुरूप अगाडि बढ्न र देशको संक्रमणलाई  पार लगाउन आग्रह गर्दछौँ ।’ 

त्यसैगरी परिषद्का सदस्य राष्ट्रहरूले सुडानी जनता र देशका पक्षमा ऐक्यबद्धता व्यक्त गर्दै संक्रमणको यस चरणमा सुडानको  सम्प्रभुता,  स्वतन्त्रता,  भौगोलिक अखण्डता, राष्ट्रिय एकताको पक्षमा प्रतिबद्धता व्यक्त गरेका छन्। रासस