Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ७ बिहीबार १०:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संवैधानिक इजलास रोक्ने आदेशविरुद्धको रिट न्यायाधीश चुडालको इजलासमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ७ बिहीबार १०:३२:००

संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा संवैधानिक इजलासको सुनुवाइ रोक्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्धको रिटमा सुनुवाइ तोकिएको छ। सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दर्ता गराएको रिटको सुनुवाइका लागि न्यायाधीश कुमार चुडालको एकल इजलास तोकेको हो।

वरिष्ठ अधिवक्ता त्रिपाठीले सुनुवाइ रोक्ने आदेशले न्यायसम्बन्धी हकमा अवरोध पुगेको भन्दै ३० भदौमा सर्वोच्चमा रिट दर्ता गराएका थिए। न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास रोक्न अन्तरिम आदेश जारी गरेको थियो।

आदेशमा प्रधानन्यायाधीशको अनुपस्थितिमा वरिष्ठतम् न्यायाधीशबाट इजलास सञ्चालन हुन सक्ने या नसक्नेबारे निर्क्योल नभएसम्म मुद्दाको सुनुवाइ अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको थियो।

संवैधानिक नियुक्तिबारेको मुद्दाको सुनुवाइका क्रममा परिषद्का सदस्यका रूपमा प्रधानन्यायाधीश आफैँ संलग्न भएर नियुक्ति सिफारिस गरेकाले इजलासमा बस्न नमिल्ने भन्दै प्रश्न उठेको थियो।

प्रश्न उठेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सुनुवाइको सुरु र अन्त्यमा आफू बिदामा बस्ने र इजलासमा सहभागी नहुने निर्णय गरेका थिए। सर्वोच्चको आदेशपछि इजलासको सुनुवाइ रोकिएको छ।