मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ६ बुधबार १२:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मन्त्रिपरिषद् विस्तारलाई लिएर कांग्रेसमा असन्तुष्टि, पौडेल पक्षको बैठक बस्दै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ६ बुधबार १२:५०:००

मन्त्रिपरिषद् विस्तारको विषयलाई लिएर नेपाली कांग्रेसभित्र असन्तुष्टि चुलिएको छ। पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल नगरी  डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएपछि पौडेल समूह असन्तुष्ट बनेको हो। 

यही विषयलाई लिएर छलफलका लागि पौडेल समूहले बैठक बोलाएको छ। बैठक १ बजे महामन्त्री डा. शशांक कोइरालाको निवास महराजगन्जमा बस्न लागेको केन्द्रीय सदस्य बलबहादुर केसीले नयाँ पत्रिकालाई जानकारी दिए। 

बैठकमा वडा अधिवेशन बाँकी रहेका १३ जिल्लाको क्रियाशील सदस्यताको विवरण सार्वजनिकमा भइरहेको ढिलाइलगायतका विषयमा पनि छलफल हुने बताइएको छ। मंगलबार बसेको गठबन्धनको बैठकमा खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति जुटेको थियो। खड्काले १ बजे शपथ लिँदै छन्।