मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ५ मंगलबार १७:४१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कैलालीको क्रियाशील सदस्यताबारे सहमहामन्त्री थापाको असन्तुष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ५ मंगलबार १७:४१:००

नेपाली कांग्रेसका सहमहामन्त्री सुनीलबहादुर थापाले कैलालीको क्रियाशील सदस्यताको विषयमा असन्तुष्टि व्यक्त गरेका छन् । सहमहामन्त्री थापाले मुख्यसचिव कृष्णप्रसाद पौडेललाई पत्र लेखेर असन्तुष्टि व्यक्त गरेका हुन् । 

आइतबार नेता कृष्ण सिटौला संयोजकत्वको क्रियाशील विवाद समाधान कमिटीले विभिन्न निर्णय गरी विवाद समाधान गरेको थियो । सहमहामन्त्री थापाले कैलालीको सदस्यता नामावलीमा  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट कांग्रेस प्रवेश गरेकाहरूलाई समावेश नगर्न भनिएको छ ।

थापाले राप्रपाबाट आफूसँगै कांग्रेसमा प्रवेश गरेकाहरूको क्रियाशील सदस्यको नामावलीमा समस्या आएको जानकारी आएकाले नामावली थाती राखेर १४औँ महाधिवेशनको क्रियाशील सदस्यको रूपमा समावेश नगराउन अनुरोध गरेको जानकारी गराएका छन् ।

‘कैलाली जिल्लाको १२५ क्रियाशील सदस्यको पेस भएको नामावली हाललाई थाती राखी १४औँ महाधिवेशनको क्रियाशील सदस्यमा समावेश नगरिदिन अनुरोध गर्दछु,’पत्रमा भनिएको छ।