१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ असोज ५ मंगलबार १७:१८:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

ट्रुडो तेस्रोपटक क्यानडाका प्रधानमन्त्री हुने पक्का

Read Time : < 1 मिनेट
२०७८ असोज ५ मंगलबार १७:१८:००

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो तेस्रो कार्यकालका लागि निर्वाचित हुने पक्का भएको छ । गत सोमबार भएको संसदीय निर्वाचनमा उनको पार्टीले अग्रता लिएसँगै उनी तेस्रोपटक निर्वाचित हुने पक्का भएको हो ।

अहिले मतगणना जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।  उनको पार्टी लिबरल पार्टीले अधिकांश ठाउँमा अग्रता कायमै राखेको जनाइएको छ ।
 
निर्वाचनमा उनको दल र उनी फेरि विजयी हुने पुर्वानुमान गरिएको थियो। ट्रुडो विजयी भएका स्थानीय सञ्चारमाध्यमहरूले लेखेका छन् । उनी यसअघि सन् २०१५ मा प्रधानमन्त्री निर्वाचित भएका थिए । त्यसपछि उनले पछिल्लो ६ वर्षमा अहिलेसम्म तीनपटक आमनिर्वाचन जितेका छन् ।

४९ वर्षीय ट्रुडो कुबेक सहरको पापिनोबाट सांसदमा निर्वाचित भएका राज्यद्वारा सञ्चालित प्रसारण संस्था सिबिसीले जनाएको छ । प्रधानमन्त्री ट्रुडोले पनि आफू निर्वाचित भएको जानकारी दिँदै निर्वाचन अधिकृतहरूको प्रशंसासहित उनीहरूलाई धन्यवाद दिएका छन् ।
 
अहिले मतगणना भइरहँदा १४१ ठाउँमा उनको पार्टीको अग्रता रहेको छ भने विपक्षी दल कन्जरभेटिभ ९९ ठाउँमा अगाडि देखिएको छ । क्यानडामा अहिले ३३८ सिटका लागि निर्वाचन भएको हो । बहुमतका लागि कम्तीमा १७० ठाउँमा जित हासिल गर्नुपर्दछ । रासस