१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज ५ मंगलबार
  • Sunday, 30 June, 2024
२o७८ असोज ५ मंगलबार o७:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

क्रियाशील विवादले छैटौँपटक कांग्रेस महाधिवेशन कार्यतालिका प्रभावित

२० मध्ये आज सात जिल्लामा वडा अधिवेशन हुँदै, १३ जिल्लाको अनिश्चित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज ५ मंगलबार o७:१६:oo

क्रियाशील सदस्यता विवाद टुंगो नलाग्दा कांग्रेस महाधिवेशनको कार्यतालिका फेरि प्रभावित बनेको छ । १३ जिल्लाको अधिवेशन अनिश्चित हुँदा कार्यतालिका प्रभावित बनेको हो । मंगलबारका लागि २० जिल्लामा एकसाथ वडा अधिवेशनको कार्यतालिका रहेको थियो । तर, सात जिल्लामा मात्र निर्वाचन हुने भएको छ । लामो समयसम्म क्रियाशील सदस्यताको विवाद टुंगो नलाग्दा छैटौँपटक संशोधन गरिएको कार्यतालिका पनि प्रभावित बनेको हो । 

केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका अनुसार काठमाडौं, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, बाजुरा, कपिलवस्तु, बर्दिया र मोरङमा वडा अधिवेशन हुँदै छन् । कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले केन्द्रीय कार्यालयले १३ जिल्लाको सदस्यता विवरण उपलब्ध नगराउँदा ती जिल्लाको अधिवेशन अनिश्चित बनेको बताए ।

उनले क्रियाशीलको विवरण एक–दुई दिनमा उपलब्ध गराएमा ९ असोजमा तोकिएको स्थानीय तहको अधिवेशनअगावै वडा अधिवेशन सम्पन्न हुने दाबी गरे । तर, वडा अधिवेशनकै कारण समग्र कार्यतालिका भने प्रभावित नहुने उनले बताए । ‘क्रियाशीलको विवरण टुंगो लगाउन छानबिन समिति लागिरहेको छ । विवरण छिट्टै आएको अवस्थामा स्थानीय तहको निर्वाचन (९ असोज) अगावै वडा अधिवेशन सम्पन्न हुन्छ । ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ । सात जिल्लामा हुँदै छ । १३ जिल्लाले समग्र कार्यतालिका प्रभावित हुँदैन,’ उनले भने ।

कांग्रेस केन्द्रीय कार्यालयले भने कार्यदलले विवाद छिट्टै टुंगो लगाउने गरी काम गरिरहेको बताएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले केही स्थानमा विवाद रहेको र छिट्टै टुंगो लाग्ने बताए । ‘जिल्लाकै भनिए पनि केही वडा र क्षेत्रको विवाद मात्र बाँकी हो,’ उनले भने, ‘नेताहरू लागिरहनुभएको छ, छिट्टै टुंगोमा पुग्छ ।’ पौडेलले सोमबार साँझ डोल्पाको क्रियाशील सदस्यता विवाद टुंगो लागेको जानकारी दिए । 

 बाँकी १३ जिल्लाले महाधिवेशनको समग्र कार्यतालिका प्रभावित हुँदैन 
क्रियाशीलको विवरण टुंगो लगाउन छानबिन समिति लागिरहेको छ । विवरण छिट्टै आएको अवस्थामा स्थानीय तहको निर्वाचन (९ असोज) अगावै वडा अधिवेशन सम्पन्न हु्न्छ । ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ । सात जिल्लामा हुँदै छ । १३ जिल्लाले समग्र कार्यतालिका प्रभावित हुँदैन ।

महादेवप्रसाद यादव, संयोजक, कांग्रेस केन्द्रीय निर्वाचन समिति

 धनुषा र कैलालीको विवाद टुंगियो 
सदस्यता विवाद समाधानका लागि गठित नेता कृष्णप्रसाद सिटौला संयोजकत्वको कार्यदलले धनुषा र कैलालीको सदस्यता विवाद टुंग्याएको छ । रमेश लेखक र डा.मीनेन्द्र रिजाल सदस्य रहेको कार्यदलले केही स्थानमा पुरानै सदस्यता कायम गरेर विवाद टुंगो लगाएको हो । 

कार्यदलले धनुषाको हकमा बट्टेश्वर नगरपालिका–५ र क्षीरेश्वर नगरपालिका–१० मा पुरानै क्रियाशील सदस्यता कायम गरेर विवाद समाधान गरेको जनाएको छ । मिथिलाबिहारी नगरपालिका ६ र १०, लक्ष्मीनिया गाउँपालिका १ र २ मा नयाँ क्रियाशील सदस्यतालाई मान्यता दिने निर्णय गरेको छ । क्षीरेश्वर नगरपालिका–७ तथा लक्ष्मीनिया गाउँपालिका ३, ४, ५ र ६, मिथिला बिहारी नगरपालिका–२ र जनकपुर उपमहानगरपालिका–१९ का वडामा सभापतिहरूले सिफारिस गरेको क्रियाशील सदस्यतालाई मात्र मान्यता दिइएको छ । 

कैलालीको टीकापुर नगरपालिका–१ मा १३औँ महाधिवेशनमा सहभागी भएका क्रियाशील सदस्यहरूले मात्र १४औँ महाधिवेशनमा भाग लिन पाउने निर्णय गरेको छ । कार्यदलले निर्णय कार्यान्वयनका लागि नेताहरूलाई जिम्मेवारीसमेत तोकेको छ । 

धनुषामा निर्णय कार्यान्वयनको जिम्मा केन्द्रीय सदस्यद्वय आनन्द ढुंगाना र जीवन परियारलाई दिएको छ । कैलालीमा केन्द्रीय सदस्य परियार र योगेन्द्र चौधरीलाई कार्यान्वयनको जिम्मेवारी दिइएको छ । विवाद समाधान भएको भनिए पनि निर्वाचन समितिलाई यसको विवरण भने उपलब्ध गराइएकोे छैन । मुख्यसचिव पौडेलले विवाद टुंगिन बाँकी जिल्लाको टुंगो लगाएर एकसाथ निर्वाचन समितिलाई जानकारी गराउन लागिएको बताए ।

ad
ad
ad
ad