मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज ४ सोमबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज ४ सोमबार १४:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सभामुखले न्याय नगरेसम्म संसद्को अवरोध जारी रहन्छ : विशाल भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज ४ सोमबार १४:१९:oo

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले सभामुखको कार्यशैली र एमालेप्रतिको भेदभावको कारण आन्दोलित हुनुपरेको बताएका छन्। सभामुखले न्याय नगरेसम्म संसद्को अवरोध जारी रहने उनको भनाइ छ। संसदमा सत्ता पक्ष र सभामुखले निकास दिनुपर्ने उनको जोड छ। बजेटबारे प्रमुख प्रतिपक्षीसँग सामान्य संवाद पनि नगरी जबर्जस्ती रूपमा ल्याइएको उनले बताए। 

‘संसदमा प्रस्तुत भएका बिजनेस वा एजेन्डाहरूप्रति भन्दा पनि हाम्रो सभामुखको कार्यशैली र सभामुखले नेकपा (एमाले)प्रति गरेको विभेदको कारणले गर्दा हामी अहिले संसदमा आन्दोलनमा छौँ,’ उनले भने, ‘उहाँले त्यो प्रवृत्ति नसच्याएसम्म, त्यो घटनामा नेकपा (एमाले)लाई गरेको अन्यायमा उहाँले जबसम्म न्याय गर्नुहुन्न तबसम्म हाम्रो यो आन्दोलन जारी नै रहन्छ।’

एमालेले सांकेतिक रूपमा आफूमाथि भएको विभेद र सभामुखजस्तो जिम्मेवार व्यक्तिले गरेको गैरजिम्मेवार व्यवहारका विरुद्ध सांकेतिक रूपमा विरोध गरेको उनले बताए।  त्यो जारी रहने उनकाे भनाइ छ ।  

‘गरिमामय आशनमा बसेको व्यक्तिले लाक्षणिक विरोध र सांकेतिक विरोधको पनि अर्थ बुझ्नुपर्छ। यसको निकास सभामुखज्यूले नै दिनुपर्छ। सत्तापक्षले दिनुपर्छ,’ उनले भने, ‘कसरी निकास दिनुपर्छ भन्ने उहाँहरूले जान्ने कुरा हो। सभामुखले सूचना टाँस्नैपर्छ अन्यथा मार्गप्रशस्त गर्नैपर्छ। बजेटबारे प्रमुख प्रतिपक्षीसँग सामान्य संवाद पनि नगरी जबर्जस्ती ल्याइएको छ।’