मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज २ शनिबार
  • Friday, 11 July, 2025
एजेन्सी न्युयोर्क
२o७८ असोज २ शनिबार १३:५o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

'अफगानिस्तानमा एक करोड बालबालिकालाई मानवीय सहयोगको आवश्यकता'

Read Time : < 1 मिनेट
एजेन्सी न्युयोर्क
नयाँ पत्रिका न्युयोर्क
२o७८ असोज २ शनिबार १३:५o:oo

अफगानिस्तानका एक करोडभन्दा बढी बालबालिकालाई मानवीय सहायताको आवश्यकता रहेको पाइएको छ। संयुक्त राष्ट्रसंघअन्तर्गतको राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले बाँच्नकै लागि आवश्यक पर्ने आधारभूत आवश्यकताबाटसमेत धेरै बालबालिकाहरू वञ्चित हुने अवस्था आउन लागेको जनाएको छ।

उनीहरूका लागि अत्यावश्यक पर्ने सेवा तथा सामग्री तत्काल उपलब्ध गराउनुपर्ने देखिएको युनिसेफले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। ती बालबालिकाहरूलाई विषेश गरेर खाद्य पदार्थ, पिउने पानी र औषधिलगायतको आवश्यकता देखिएको छ। समयमै बालबालिकाहरूलाई अत्यावश्यक सेवा तथा सामग्रीहरू उपलब्ध गराउन नसकेमा मानवीय क्षतिसमेत हुन सक्ने युनिसेफका अधिकारीहरूले जनाएका छन्।

उनीहरूले बालबालिकाहरुमा कुपोषणलगायतका समस्या देखिने खतरा रहेको र कतिपयमा त्यसका लक्षणहरूसमेत देखिएको जानकारी दिएका छन् । बालबालिकाहरूलाई आवश्यक पर्ने सहयोगका लागि ठूलो आर्थिक सहायताको समेत खाँचो  परेको युनिसेफले जनाएको छ।

अफगानिस्तानलाई दिने भनी प्रतिबद्धता व्यक्त गरिएको मानवीय सहायतास्वरूपको रकम छिटो उपलब्ध गराउन पनि अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरिएको छ । कम्तीमा एक अर्ब दुई करोड अमेरिकी डलर सहयोगस्वरूप उपलब्ध गराउने विभिन्न देशले प्रतिबद्धता जनाएको भए पनि कार्यान्वयन नभएपछि राष्ट्रसंघले फेरि आग्रह गरेको हो।