१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १ शुक्रबार
  • Wednesday, 02 July, 2025
एजेन्सी न्युयोर्क
२o७८ असोज १ शुक्रबार १३:३६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

कोभिडका कारण झन्डै आठ करोड बालबालिकाको विद्यालय पूर्ण रूपमा बन्द : युनिसेफ

Read Time : < 1 मिनेट
एजेन्सी न्युयोर्क
नयाँ पत्रिका न्युयोर्क
२o७८ असोज १ शुक्रबार १३:३६:oo

संयुक्त राष्ट्रसंघीय विशिष्ट एजेन्सी युनिसेफले विश्वव्यापी रूपमा महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण विश्वका बालबालिकाको पठनपाठनमा समस्या भएको जनाएको छ। युनिसेफले हालै सार्वजनिक गरेको एक तथ्यांकअनुसार विश्वका कतिपय देशमा अहिले पनि बालबालिका विद्यालय जान पाएका छैनन्।

यस्तै, एक प्रतिवेदनमा युनिसेफले गएको १८ महिनायता नै विश्वका विभिन्न ६ देशका सात करोड ७० लाख बालबालिका घरमै बस्नुपरेको र उनीहरूका विद्यालय पूर्ण रूपमा बन्द भएका देखिएको छ। ती ६ देशमा बंगलादेश, कुवेत, पानामा, फिलिपिन्स, साउदी अरेबिया र भेनेजुएला रहेका छन्। ती देशमा कोभिड– १९ को समस्या व्यापक बन्दै गएपछि यसका कारण उनीहरू विद्यालय जान पाएका छैनन् जसले गर्दा उनीहरूमा समस्या भइरहेको छ।

त्यसैगरी विश्वका अरू ११ देशका १३ करोड १० लाख बालबालिकाले विद्यालय जान त पाएका छन्, तर उनीहरूले पनि महामारी सुरुपछि गएको १८ महिनामा ६ महिना पनि नियमित रूपमा पढ्न पाएका छैनन्। त्यस्तै, विश्वका अरू करिब २७ प्रतिशत देशले मात्र विद्यालयहरू पूर्ण रूपमा वा आंशिक रूपमा खोल्ने र पठनपाठन गर्न पाउने गरेका देखिएको छ । 

युनिसेफले कोरोना भाइरसका कारण विश्वका बालबालिकामा अध्ययनका लागि परेको समस्याका विषयमा गरेको अनुसन्धानबाट यस्तो देखिएको बताइएको छ। रासस