मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २५ शुक्रबार ०६:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

निर्वाचन आयोगलाई कांग्रेसको पत्र  महाधिवेशन ढिलाइको कारण कोरोना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २५ शुक्रबार ०६:५२:००

कांग्रेसले १४औँ महाधिवेशन सुरु भएको जानकारी निर्वाचन आयोगलाई गराएको छ । कांग्रेसले कोरोना महामारीका कारण उत्पन्न परिस्थितिका कारण समयमै महाधिवेशन सम्पन्न हुन नसकेको जानकारी गराएको हो । कांग्रेसले महाधिवेशनमा भएको ढिलाइ र कारणबारे स्पष्ट पार्दै बुधवार आयोगमा यसबारे पत्र पठाएको हो ।

आयोगले पत्रलाई नोटिसमा लिएको र महाधिवेशनले वैधता पाउने जानकारी गराएको छ । आयोगका सचिव सुरेश अधिकारीले कांग्रेसले १८ भदौबाट महाधिवेशन सुरुवात भएको पत्र आयोगमा दर्ता गराएको छ । त्यस्तै, ९ देखि २३ मंसिरसम्म केन्द्रीय महाधिवेशन हुने र विभिन्न तहका महाधिवेशनको प्रक्रियाबारे आयोगलाई कार्यतालिकाबारे जानकारी गराएको बताए ।

संविधानको व्यवस्थाअनुसार प्रत्येक पाँच वर्षमा अधिवेशन सम्पन्न गरिसक्नुपर्ने हुन्छ । संविधानको धारा २६९ को उपधारा ४(ख) को व्यवस्थाअनुसार पाँच वर्षमा विशेष परिस्थितिका कारण महाधिवेशन सम्पन्न हुन नसके ६ महिनाको थप समय पाउने व्यवस्था छ । संविधानको व्यवस्थाअनुसारको साढे पाँच वर्षको अवधि २३ भदौमा सकिएको हो । कांग्रेसले चारपटकसम्म कार्यतालिका संशोधन गरेर ३० साउनमा १८ भदौबाट महाधिवेशन सुरु भई १३ मंसिरमा सम्पन्न हुने गरी कार्यतालिका सार्वजनिक गरेको थियो । कार्यतालिकाअनुसार अहिले वडा तहको अधिवेशन भइरहेको छ ।

आयोगले कांग्रेसको पत्र आएसँगै महाधिवेशनले वैधानिकता पाएको बताएको छ । आयोगका सचिव अधिकारी पत्रका सम्बन्धमा कुनै निर्णय गरिरहनु नपर्ने बताउँछन् । ‘यसमा कुनै निर्णय गरिरहनुपर्दैन । आयोगलाई महाधिवेशन सुरुवात भयो भनेर जानकारी गराएपछि त्यो आयोगको नोटिसमा रह्यो । संविधानअनुसार हुनुपर्ने महाधिवेशन सुरुवात भइसक्यो भनेर जानकारी गराएपछि वैधानिकता पाउँछ,’ उनले नयाँ पत्रिकासँग भने ।