पूर्वी नवलपरासीको देवचुली नगरपालिका– १७ बाट नवलपुर प्रहरीले तास खेलिरहेका पाँचजनालाई एक लाख ५० हजार आठ सय ५० रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा देवचुली– १७ बस्ने ३६ वर्षीय कमल महताे, देवचुली– १६ बस्ने ३५ वर्षीय सन्तोष सिग्देल, ४९ वर्षीय गोविन्द थनेत, ५८ वर्षीय हिरा महताे र ४३ वर्षीय मणिराम महताे रहेका छन् । उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुरअन्तर्गत अनुसन्धान अघि बढाइएको नवलपुर प्रहरीका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले बताए ।