नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले आफूले महामन्त्रीमा उम्मेदवारी दिने बताएका छन्। नयाँ पत्रिकासँग कुरा गर्दै उनले आफूले उम्मेदवारी दिने निश्चित रहेको जानकारी दिए।
तर, औपचारिक घोषणा भने क्रियाशील सदस्यता विवाद बाँकी रहेका २१ जिल्लाको विवाद टुंगो लगाएपछि गर्ने बताए। ‘क्रियाशीलको विषय टुंगो लगाउने जिम्मेवारीमा रहेर काम गरिरहेको छु। यो विषय टुंगिएसँगै मेरो उम्मेदवारी घोषणा हुन्छ,’ उनले भने।
पौडेलले कृष्ण सिटौला समूहबाट उम्मेदवारी दिने भएका हुन्। ‘म जता छु त्यतैबाट मेरो उम्मेदवारी घोषणा हुन्छ,’ पौडेलले भने।